आइतबार, चैत १९, २०७९

फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वरनगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

वागमती- वागमती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ। वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वरनगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ

National life insurance

मन्त्रालयले सम्पादन गरेको कार्य तथा उपलब्धि र आगामी कार्यदिशाबारेमा प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो। 

साथै मन्त्रालयले चितवनको सौराहामा पर्यटन विभागबाट निर्माण गरिएको सूचना केन्द्रबाट दिइएको जानकारीका आधारमा चितवन, मकवानपुर जिल्लाका व्यवसायीलाई सेवा प्रवाह गर्ने, वाग्मती प्रदेशको पर्यटकीयस्थलको प्रचारप्रसार गर्न छायाङ्कन गर्ने, चलचित्रलाई सूचक र मापदण्ड बनाउने कार्य अगाडि बढेको जनाएको छ।

मन्त्रालयका सचिव मदन कोइरालाबाट प्राप्त प्रतिवेदन एवम् जानकारीअनुसार मकवानपुरगढीलाई बृहत् पर्यटन विकास गरिनेछ। 

त्यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ। सङ्घीय सरकारको समन्वयमा साहसिक जलयात्रालाई महत्वपूर्ण नदी संरक्षण क्षेत्र घोषणा र कम्तीमा दुईवटा बृहत् पर्यटन महोत्सव गर्ने प्रतिवेदनमा उल्लेख छ।

worldlink

निजी क्षेत्रको सहकार्यमा भारतीय पर्यटक लक्षित पर्यटक यातायात सञ्चालन (वीरगञ्जबाट सुरुआत गर्ने), वाग्मती प्रदेशमा रहेका लोपोन्मुख भाषा, कला र संस्कृतिको अभिलेखीकरण र संरक्षण, पर्यटकीयस्थल एवम् गतिविधिको प्रचारप्रसारमा बढोत्तरी गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

प्राप्त विवरणमा नयाँ पर्यटकीय मार्ग निर्माण गर्ने कार्य प्रारम्भ भएको, रसुवा–४ गोसाइँकुण्ड क्याङ्गजिङ्गमा हाई हिमालय नेचुरल वाल क्लाइम्बिङ ट्रेनिङ सेन्टर निर्माण कार्य सुरु गरिएको उल्लेख छ।

काठमाडौँ उपत्यकामा सम्पदा पदमार्गको निर्माण सुरु गरिएको, ‘राइनो चिल्ड्रेन पार्क’ भरतपुर चितवनमा निर्माण अगाडि बढेको, हिमाल आरोहीका लागि प्रशिक्षण केन्द्रको सम्भाव्यता अध्ययन गरिएको छ। 

मन्त्रालयले गरेको महत्वपूर्ण काममा प्रदेश पर्यटन ऐन, २०७८ जारी, त्यसमा पर्यटन व्यवसायी एवम् सरोकारवालाको मागलाई समेत ध्यानमा राखी हेरफेर, प्रदेश पर्यटन नीतिको मस्यौदा तयार र छलफल, प्रदेश पर्यटन नियमावली २०७९ को मस्यौदा तयार भइरहेको उल्लेख गरिएको छ।

पर्यटकीय तारे होटल, लज, रिसोर्ट, पब, लाउन्ज, होमस्टेको वर्गीकरण गरी स्तर निर्धारण समिति गठन गरी प्रतिवेदन प्राप्त भइसकेको र आन्तरिक पर्यटनलाई चलायमान बनाउन घुमफिर वर्ष चितवनको सौराहाबाट प्रारम्भ गरेको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले इको टुरिज्मको विकास, कम्तीमा एउटा पर्यटन र धार्मिक पर्यटनको गौरवका आयोजना सञ्चालन गर्ने, पर्यटकीय पूर्वाधार पुग्नका लागि पहुँच मार्ग निमार्णको स्तरोन्नति गर्ने कार्य आगामी योजनामा राखिएको बताइएको छ। वसन्तपुर, स्वयम्भू, पाटन, भक्तपुर लगायतका स्थानमा निजी क्षेत्रको सहकार्यमा ठूला पर्यटकीय पूर्वाधारको निर्माण गर्ने योजना छ।

प्रकाशित: Jan 10, 2023| 11:00. 00 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।