सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता

पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता

बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र पाल्पासहित आसपास जिल्लाका स्थानीयलाई बुटवल आउजाउ समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

पाल्पा– सवारी चालक अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ। दुईपांग्र्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै वितरण गरिने भएको हो। सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गरे। सो अवसरमा उनले सवारी चालक अनुमतिपत्र लिन बुटवल जानुपर्ने समस्यालाई दृष्टिगत गरी पाल्पाबाटै सेवाको थालनी गरिएको बताए।

National life

पहाडी जिल्लामै पहिलो पटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गरेको हो। यातायात व्यवस्था सेवा कार्यालय बर्तुङमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ।

बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयलाई बुटवल आउजाउ समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको छ। साना सवारीसाधनका लागि निर्माण हुने सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुआत भएसँगै चालू आर्थिक वर्षमा भवन निर्माणलगायतका काम हुनेछ। ३  करोड ५० लाख बजेट आवश्यक भए पनि यस वर्ष मन्त्रालयबाट १ करोड बजेट विनियोजन गरिएको छ।

जिल्लामा पहिलो पटक दुईपांग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयलाई सेवा लिन सहज हुने तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए।

प्रकाशित: Jan 10, 2023| 17:10 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्