बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिजीले बेको ब्राण्डका घरायसी सामग्रीमा विन्टर अफर ल्यायो

सिजीले बेको ब्राण्डका घरायसी सामग्रीमा विन्टर अफर ल्यायो

चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपेली होम अप्लायन्सस ब्रान्ड बेकोका खरिदमा उपहार योजना सार्वजनिक गरेको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं-  चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपेली होम अप्लायन्सस ब्रान्ड बेकोका खरिदमा उपहार योजना सार्वजनिक गरेको छ। यसका साथै बेकोका उत्पादनमा मर्मत र शतप्रतिशत पार्ट्सको उपलब्धताको ग्यारेन्टी दिएको छ।

National life

कम्पनीले बेकोका उत्पादन खरिदमा ढुक्क हुन आग्रह गर्दै बिभिन्न उपहार योजना समेत सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो देशभर रहेका ४० वटा सर्भिस सेन्टरहरुबाट सेवा दिइरहेको जनाएको छ। कम्पनीका अनुसार बेकोका उत्पादनहरुमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेको छ।           

कम्पनीले वेलकम विन्टर योजना अन्तर्गत बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने सामानहरुको  खरिदमा बिबिध उपहार दिने जनाएको छ। यस अनुसार वाशिङ मेसिन र वाशर ड्रायरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर का साथै डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार  राखेको छ।

यसैगरी एअर कन्डिसनर को खरिदमा चार हजार रुपैयाँ बराबरको निशुल्क जडान सुविधा दिने जनाएको छ। कम्पनीका अनुसार यो योजना सिमित समयका लागि राखिएको हो।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत आफ्ना सिजी डिजिटल शोरुमहरु बाट बेकोका उत्पादन बिक्री गरिरहेको जनाएको छ।

Shivam cement

काठमाडौं उपत्यकाभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा  कम्पनीको शो रुम रहेको जारी बिज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Jan 10, 2023| 13:39 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्