सोमबार, जेठ ४, २०८३

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

मंगलबारदेखि दुई बैंक मर्ज भई बनेको प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। मंगलबारदेखि दुई बैंक एकआपसमा गाभिएर प्रभु बैंकको नामबाट मंगलबारदेखि कारोबार सुरु गरिएको हो।

National life

एकीकृत प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै रहनेछन्। यसअघि पनि शेरचनले नै प्रभु बैंकको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो। 

दुवै बैंकको १४ पुसको वार्षिक साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए। सेन्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले १९ पुसमा अन्तिम स्वीकृति दिएको हो।

सेन्चुरीसँग मर्ज भएपछि प्रभु बैंकको कर्मचारी संख्या ३ हजार ५०० पुगेको छ। बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब पुगेको छ भने चुक्ता पुँजी २३ अर्ब रुपैयाँ पुगेको छ। कुल निक्षेप २ खर्ब ८४ अर्ब र कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। बैंकको शाखा सन्जाल ३६५ र ग्राहक संख्या ३० लाख पुगेको छ। 

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष एवं सांसद देवीप्रकाश भट्टचनले कर्मचारीलाई मिलेर काम गर्न आग्रह गरे। उनले मर्जरपछि बनेको नयाँ बैंकमा २ वटा बैंककै कर्मचारी मिलेर गुणस्तरीय सेवा प्रवाह गरी सेवाग्राहीको मन जित्न आवश्यक रहेको बताए। मर्जरपछि सेन्चुरी बैंकका कार्यकारी अधिकृत मनोज न्यौपानेले डेपुटी सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

सोमबार मात्रै ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्ज भई बनेको ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु भएको थियो। सोमबार नै लक्ष्मी र सन्राइज बैंकले एकआपसमा गाभिने सम्झौता गरेका छन् भने बिहीबार नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक गाभिँदै छन्। योसँगै नेपालमा वाणिज्य बैंकको संख्या २० पुगेको छ।

प्रकाशित: Jan 10, 2023| 13:28 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्