शुक्रबार, फागुन २९, २०८२

चिसो बढेसँगै हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेका हुन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

सिमकोट- चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन्। जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेका हुन्।

National life

सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन्। बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्नेछन्। हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साबिकका कर्णालीका हिमाली जिल्लामा सरकारले हिउँदे बिदा दिँदै आएका छन्।  

जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे बिदा हुन्छ भने फागुन २ गतेबाट सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन्। पुसमा अत्यधिक जाडो हुने भए पनि यो वर्ष मंसिरमै जाडो बढेको थियो। तर, चिसो बढे पनि हिमपात भने भएको छैन। जिल्लाको तापक्रम माइनसमा झरेको छ भने सदरमुकामसहित जिल्लाभरमा रहेका खानेपानीका पाइपमा बरफ जमेर धारा बन्द भएका छन्।

जिल्लामा कुल एक सय ५१ वटा सामुदायिक विद्यालय छन्। जसमा २७ वटा मावि र एक सय २४ वटा आधारभूत विद्यालय छन्। यस्तै निजी विद्यालयसमेत बन्द छन्। नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन १ सम्म हिउँदे बिदाको प्रावधान छ। यहाँका विद्यालयले वार्षिक परीक्षा भने आगामी चैत महिनामा सञ्चालन गर्नेछन्। 

यसअघि मंसिर महिनामा वार्षिक परीक्षा सञ्चालन गर्ने गरिएको थियो। कोरोनाअघि यहाँ फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो। कोरोनापछि जिल्लामा नयाँ शैक्षिक सत्र सञ्चालनमा परिवर्तन भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 09, 2023| 19:30 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्