सोमबार, जेठ ४, २०८३

सेयर बजारमा आज पनि हरियाली

आइतबार ५ अर्ब ४३ करोडको कारोबार भएको थियो भने परिसूचक २०.६८ अंकले बढेको थियो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- सोमबार सेयर बजारको परिसूचक नेप्सेले २२ सय अंक नाघेको छ। परिसूचक ४६.७६ अंक बढेर २२ सय ११ मा कायम भएको छ। सोमबार ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ। 

National life

आइतबार ५ अर्ब ४३ करोडको कारोबार भएको थियो भने परिसूचक २०.६८ अंकले बढेको थियो।

सोमबार १७३ कम्पनीको सेयर मूल्य बढ्दा ३१ को घट्यो भने ६ को स्थिर रह्यो। होटल उपसमूह २३ अंक घट्यो भने अरु सबै बढेका छन्। बैंकिङ उपसमूह २९, विकास बैंक १२४, फाइनान्स ५९, जलविद्युत् १२२, जीवन बीमा १७८, उत्पादन २, माइक्रोफाइनान्स ९, निर्जीवन बिमा २३७, अन्य २९ र व्यापार उपसमूह ७५ अंक बढे।

करिब १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। बरुण, खानीखोला, छ्याङ्दी, जोशी, हिमालय ऊर्जा विकास, युनियन हाइड्रो, सिंगटी हाइड्रो र खप्तड लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। राधि विद्युत्, बाराही हाइड्रो र पिपुल्स पावरको मूल्य ९.९ प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा रिडी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र नबिल बैंक क्रमशः अगाडि रहेका छन्।

प्रकाशित: Jan 09, 2023| 15:27 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्