बुधबार, जेठ २७, २०८३

मलेसियामा बन्धक १३ नेपालीको सकुशल उद्धार

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको थियो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– मलेसियामा बन्धक १३ नेपाली नागरिकको उद्धार भएको छ। उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।

National life

सोमबार मात्रै वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न भनेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा बन्धक नेपालीको तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका थिए।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली दूतावाससँग सम्पर्क गरेको थियो। बन्धक बनाइएका नेपालीको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको पीआएस फरेस्ट म्यानेज्मेन्ट कम्पनीमा कार्यरत १३ नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्।

मलेसियास्थित नेपाली दूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारीअनुसार हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी एक नेपालीको होटलमा खाने–बस्ने व्यवस्था गरिएको छ।

Shivam cement

दूतावासको पहलमा उनीहरुमध्ये ६ जना मंगलबार र ७ जना शुक्रबार नेपाल फर्कने भएका छन्। मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकको समस्या हल गर्न पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको थियो। सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले आफूहरुमाथि ज्यादती गरेको पीडितको दाबी छ। कम्पनीको दबाबविरुद्ध आवाज उठाउँदा कुटपिटसमेत भएको उनीहरुको गुनासो छ।

प्रकाशित: Jan 09, 2023| 13:26 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्