सोमबार, जेठ ४, २०८३

आन्तरिक हवाई भाडा घट्यो, कहाँ पुग्न कति [सूचीसहित]

आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ प्रतिलिटर घटाएसँगै हवाई भाडा पनि घटेको हो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ। घटेको भाडा पुस २७ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ।

National life

आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ प्रतिलिटर घटाएसँगै हवाई भाडा पनि घटेको हो। सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटमा ८८५ रुपैयाँ भाडा घटेको छ। सबैभन्दा कम भने काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ घटेको छ। काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा ६५० रुपैयाँ कम भएको छ 

घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५ हजार १०५ रुपैयाँ लाग्छ भने  धनगढीका लागि ७ हजार ५१० रुपैयाँ भाडा लाग्नेछ।


प्रकाशित: Jan 09, 2023| 12:35 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्