बुधबार, जेठ २७, २०८३

सुनको मूल्य निरन्तर उकालो

सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- सोमबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको तोलाको १३ सय ८० रुपैयाँ  थियो।

गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सो दिन सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Shivam cement

 


प्रकाशित: Jan 09, 2023| 12:23 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्