बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मलेसियामा बन्धक नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

मलेसियामा बन्धक नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले मलेसियामा बन्धक नेपालीको तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९
National life
Shivam cement

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल थालेको छ। वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न भनेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा बन्धक नेपालीको तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ।

सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले आफूहरुमाथि ज्यादती गरेको पीडितको दाबी छ। कम्पनीको दबाबविरुद्ध आवाज उठाउँदा कुटपिटसमेत भएको उनीहरुको गुनासो छ। कम्पनीबाट निकालेर एउटा भवनको कोठामा राखिएको र आफूहरुलाई बाहिर ननिस्कन भनिएको अलपत्र श्रमिकले बताएका छन्। बन्धक बनाइएका श्रमिकले तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित: Jan 09, 2023| 12:15 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्