बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र सुधारका लागि अर्थमन्त्री र गभर्नरसँग निरन्तर परामर्श : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्र सुधारका लागि अर्थमन्त्री र गभर्नरसँग निरन्तर परामर्श : प्रधानमन्त्री प्रचण्ड

मर्जरपछि बन्ने नयाँ बैंक कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार गर्नु सरकारको पहिलो प्राथमिकता भएकाले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग निरन्तर परामर्शमा रहिरहेको बताएका छन्। 

National life

सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) मर्जरपछिको एकीकृत कारोबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले  अर्थतन्त्रको दिगो सुधारका लागि काम सुरु गरेको बताएका हुन्।

सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको धारणा छ। अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएकाले त्यसमा  पनि छलफल भइरहेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको र निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्ने योजना रहेको जानकारी दिए। ‘सरकारले निजी क्षेत्रका समस्यालाई सम्बोधन गरी अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि समन्वय गर्न थालेको छ। अर्थतन्त्रको सबलीकरण प्रमुख रुपमा अघि सारिएको छ। सबैको साथ लिएर चुनौती समाधान गर्ने हो। सबैको सहयोग भए मात्र अर्थतन्त्रमा देखिएको समस्या समस्या समाधान गर्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले बैंकहरू मर्जरमा जाँदा बैंकिङ क्षेत्र थप बलियो हुने भए पनि  जनताले पाउने सेवामा भने ह्रास आउन नहुने सुझाए। प्रधानमन्त्रीले मर्जरले ठूला परियोजनामा अब वित्तीय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरे।

Shivam cement

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब बढी र कुल कर्जा ३७९ अर्ब बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बीओकेका तर्फबाट २ जना रहनेछन्। एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य रहनेछन्। 

२१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमईमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। दुई बैंकको मर्जरपछि ३६५ शाखा, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख बढी ग्राहक पुग्नेछन्।

प्रकाशित: Jan 09, 2023| 11:11 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्