शुक्रबार, जेठ ४, २०८१

सेनेगलमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु

सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन्। 

दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र  जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ।  सेनेगलमा सडक दुर्घटनाहरू सामान्य छन।  मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन्। तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: Jan 09, 2023| 09:15 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।