बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

National life

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो। 

निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० घटाएको छ। मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ। 

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर एक सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायम छ। 

प्रधानमन्त्री दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए। वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ।

Shivam cement

प्रकाशित: Jan 08, 2023| 20:53 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्