शनिबार, साउन १२, २०८१

बाबुरामपथमा प्रचण्ड !

०५२ फागुनदेखि सुरु भएको जनयुद्धमा पार्टीभित्र नेतृत्वको विरोध गर्ने प्रखर नेता थिए बाबुराम। २०५१ मा जनयुद्धमा जाने भनी गठन गरिएको नेकपा माओवादीमार्फत सँगसँगै युद्धको खाका कोरेका दुईको सम्बन्ध त्यति युद्धताका त्यति सुमधुर नभएको उनीनिकट नेताहरुले बताउँदै आएका छन्।
 |  सोमबार, पुस २५, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, पुस २५, २०७९

काठमाडौं- नेकपाका संस्थापक नेता पुष्पलाललाई आरोप लगाउँदै नेकपाबाट अलग्गिएका मोहनविक्रम सिंह, निर्मल लामा र मोहन वैद्यले चौथो महाधिवेशन (चौम) गठन गरे। तर, लामो समय तीन नेताबीच सहकार्य हुन पाएन। सोही चौममार्फत् १० वर्षे सशस्त्र जनयुद्धका दुई प्रमुख कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले सिंह नेतृत्वको मसालबाट कम्युनिष्ट सदस्यता लिए।

triton college

प्रचण्डले ०३३ सालमा खम्बसिंह कुँवर (काजीबा)को हातबाट सदस्यता लिएकोमा ०३७ सालमा बाबुराम सिंहबाट दीक्षित भएका थिए। तर ०३६ सालदेखि जनमत संग्रहमा सहभागी हुने–नहुने भन्ने विषयको मतभेदकै कारण ०४० सालमा लामाले पार्टी फुटाए, नेकपा चौम गठन गरे। सिंहलाई महामन्त्री चुन्दै उनको समूहले नेकपा मसाल गठन गर्‍यो।

त्यसमा पनि वैद्यले पुनः पार्टी फुटाए र २०४२ सालमा मोटो मशालको नेतृत्व गरे। प्रचण्ड वैद्यतर्फ र बाबुराम सिंहतर्फ थिए। सेक्टर काण्ड असफल भएपछि वैद्यलगायतका नेताको घटुवा भयो, ०४५ मा प्रचण्ड महामन्त्री बने। तर पछि बाबुराम र हरिबोल गजुरेलले विद्रोह गरी सिंहको साथ छाडे। ०४८ मा प्रचण्ड नेतृत्वको महालसँग निर्मल लामाको नेकपा चौमसहित बाबुराम, रुपलाल विश्वकर्मा लगायतका नेताहरुले एकता गरे। नयाँ पार्टीको नाम बन्यो– नेकपा एकता केन्द्र। त्यसयता बाबुराम र प्रचण्डको फुट–जुट, प्रेम–घृणा, विरोध–सहयोगको शृंखलावद्ध सिलसिला निरन्तर छ।

०५२ फागुनदेखि सुरु भएको जनयुद्धमा पार्टीभित्र नेतृत्वको विरोध गर्ने प्रखर नेता थिए बाबुराम। २०५१ मा जनयुद्धमा जाने भनी गठन गरिएको नेकपा माओवादीमार्फत सँगसँगै युद्धको खाका कोरेका दुईको सम्बन्ध त्यति युद्धताका त्यति सुमधुर नभएको उनीनिकट नेताहरुले बताउँदै आएका छन्।

पत्रकार नेत्र पन्थीले आफ्नो पुस्तक ‘माओवादीभित्र अन्तरसंघर्ष’मा लेखेका छन्, ‘तत्कालीन मोटो मशालमा थिए प्रचण्ड ०४८ सम्म र पातलो मसालमा थिए बाबुराम। हरिबोल गजुरेलको नेतृत्वमा बाबुरामसहितका नेताले ०४८ मा एकता महाधिवेशनमार्फत पार्टी एकता गरे। बौद्धिक छविका बाबुराम पार्टीमा आएकोमा प्रचण्ड खुसी थिए।

Metro Mart
vianet

तत्कालीन जनमोर्चाका अध्यक्ष बाबुरामको प्रभाव प्रचण्डको भन्दा बढी थियो। त्यसैले प्रचण्डले सम्भवतः ‘खतरा’ महसुस गरे र बाबुरामलाई जनमोर्चाको अध्यक्षबाट हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाए। यी दुई नेताबीचको सम्बन्धमा देखिएको चिसोपना सम्भवतः पहिलो थियो यो। पम्फाबाट ‘प्रभावकारी’ काम नभएपछि फेरि जनमोर्चाको अध्यक्ष बाबुराम नैै भए। मोर्चामार्फत बाबुराम लोकप्रिय बने भन्ने चिन्ता थियो प्रचण्डलाई। तर, पछि प्रचण्ड–बाबुराम मिले र ०५२ मा बाबुराम नै जनमोर्चाका अध्यक्ष भए।’

जनयुद्धको खाका बनाउँदा समेत उनीहरुबीच मतभेद देखिएको दाबी पन्थीले गरेका छन्। उनले लेखेका छन्, ‘प्रचण्ड–किरणबीचको सम्बन्ध अलि नजिकियो। पार्टीबाहिर बाबुरामको बढ्दो प्रचार त्यतिबेलासम्मका युद्धकालीन परिवेशमा प्रचण्डलाई मन परेको थिएन। तर, आलोक प्रकरणपछि प्रचण्ड र बाबुरामबीच नयाँ एकता देखा पर्यो।’ पुस्तकका अनुसार त्यसपछि ०५८ सम्म दुवैको सम्बन्ध सुमधुर रहेकोमा राजतन्त्रप्रति नरम रामबहादुर थापा बादलसँग प्रचण्डको सम्बन्ध प्रगाढ बनेपछि पुनः दुईबीच चिसोपना देखिएको थियो। उक्त चिसोपन ०६१ पछि अझ बढेको थियो।

०५२ फागुनदेखि सुरु भएको जनयुद्धमा पार्टीभित्र नेतृत्वको विरोध गर्ने प्रखर नेता थिए बाबुराम। २०५१ मा जनयुद्धमा जाने भनी गठन गरिएको नेकपा माओवादीमार्फत सँगसँगै युद्धको खाका कोरेका दुईको सम्बन्ध त्यति युद्धताका त्यति सुमधुर नभएको उनीनिकट नेताहरुले बताउँदै आएका छन्।

०६१ भदौमा रोल्पा फुन्टिवाङको माओवादी केन्द्रीय समिति बैठकपछि विवाद पोखिन थाल्यो यी दुई नेताबीच। त्यतिबेला बाबुराम नेतृत्वको संयुक्त क्रान्तिकारी जनपरिषद् र प्रचण्ड नेतृत्वको पार्टी समानान्तर जस्तै भएकोमा प्रचण्डलाई मन परेको थिएन। युद्धकालमा वक्तव्य जारी गर्दा समेत प्रचण्ड र बाबुरामले संयुक्त रूपमा हस्ताक्षर गर्थे, जसले मूल नेतृत्वबारेमा भ्रम पैदा भएको थियो। (माओवादीभित्र अन्तरसंघर्ष–पन्थी)

दुईबीच युद्धताका समेत ‘प्रेम र घृणा’को सम्बन्ध जारी रहेकोमा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि वैचारिक मतभेदहरु जारी थिए। ०६८ मा पालुङटार बैठकपछि बाबुरामले ‘नोट अफ डिसेन्ट’ समेत राखे। त्यसपछि दुवैको सम्बन्धमा खटपट जारी रहेकोमा संविधान जारी भएको दुई साता नपुग्दै बाबुरामले माओवादी परित्याग गरे।

माओवादी छाड्दै गर्दा उनले भनेका थिए, ‘एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो, त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ।’ त्यसपछि उनले नयाँ शक्ति हुँदै संघीय समाजवादी फोरमसँग एकता गरी जनता समाजवादी पार्टी (जसपा)मा बसेर काम गरे। त्यहाँबाट पनि निस्किएपछि नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका उनी पुरानो राजनीतिक दलको औचित्य सकिएको धारणा राख्दै आएका छन्। उनले पटकपटक माओवादीको औचित्य सकिएको बताउँदै आएका थिए।

संविधान जारी भएपछि ०७२ असोज ९ गते उनले भनेका थिए, ‘पुँजीवादी क्रान्ति सम्पन्न गर्नका लागि नेकपा माओवादी बनाएका थियौं, अब एक कालखण्डको काम पूरा गर्यो। चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो अब।’

तर आठौं आम निर्वाचनको सँघारमा एकाएक उनी त्यही घरमा फर्किए। घुमिफिरि उनी प्रचण्डको साथमा पुगे। यतिसम्म कि उनले संसदीय यात्राको दौड छाडेर आफ्नो क्षेत्र प्रचण्डलाई सुम्पिए। एकअर्काको आवश्यकता महसुस गरी दुवै पुनः एक ठाउँमा उभिन पुगेका हुन्। तर विगतमा प्रचण्डपथमा रहेर काम गरेका बाबुराम प्रचण्डलाई आफ्नो पथमा ल्याउन भने सफल बनेका छन्।

०५७ माघ २६ देखि फागुन १ सम्म नेकपा माओवादीको दोस्रो अधिवेशनमा प्रचण्डले प्रचण्डपथ आवश्यक रहेको उल्लेख गरेका थिए, त्यसैको अवधारणमा जनयुद्ध सम्पन्न भएको थियो। 

यतिबेला माओवादको औचित्य नरहेको र नयाँ ढंगले समाजवादी यात्रा गर्नुपर्ने धारणा राखी पार्टी त्यागेका बाबुरामकै पथमा प्रचण्ड लागेका हुन्। दुई दलबीच चाँडै पार्टी एकीकरण गर्ने सम्झौता भएकोमा प्रचण्ड पनि माओवाद त्याग्न तयार देखिएका हुन्।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी केन्द्रबीच समीकरण भई बन्ने नयाँ दलको नाम समाजवादी केन्द्र रहने सहमति भइसकेको नेसपा प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जनाएका छन्। माओवादीका एक नेताका अनुसार पनि एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने बाबुरामको शर्त मान्न प्रचण्ड तयार भइसकेका छन्।

एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान प्रचण्ड र भट्टराईबीच भेट भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार राजनीतिक समितिको बैठकमार्फत समिति बनाउने तयारी गरेको छ। उक्त एकीकरण भएसँगै सिद्धान्तका दृष्टिकोणले प्रचण्ड ‘बाबुरामपथ’मा हिँडी माओवादी नाम त्याग्नेछन्। दुवै दलले अन्य बामपन्थी दललाई पनि एकतामा ल्याउने प्रयास गरिरहेका छन्। 


प्रकाशित: Jan 09, 2023| 12:11 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...