बुधबार, जेठ २७, २०८३

मेगा बैंकको किन्नि होसँग सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्नि हो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्नि हो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्नि होका अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

National life

किन्नि होसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्नि होको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।

सम्झौतापत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे।

त्यस्तै, किन्नि होका प्रमुख घिमिरेले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए।


प्रकाशित: Jan 08, 2023| 12:59 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्