शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'वाम दरार' जोड्ने माओवादी प्रयास सफल होला?

एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार राजनीतिक समितिको बैठकमार्फत समिति बनाउने तयारी गरेको छ।
 |  आइतबार, पुस २४, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, पुस २४, २०७९

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पुनः एक पटक वाम एकताको प्रयासलाई घनीभूत बनाएको छ। बृहत् वाम एकताका लागि भन्दै माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा शनिबार पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिमा महासचिव देव गुरुङ र उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य छन्।

triton college

पहिलो चरणमा वाम एकताका लागि माओवादीले नेपाल समाजवादी पार्टीसँग छलफल थालेको छ। प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट लडेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताका लागि छलफल अघि बढेको हो। शीर्ष नेताहरूबीच भएको छलफलमा एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको माओवादी निकट स्रोतले जनाएको छ। एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त मान्न दाहाल तयार भएपछि पार्टी एकताको वातावरण बनेको हो।

एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार राजनीतिक समितिको बैठकमार्फत समिति बनाउने तयारी गरेको छ।

माओवादीबाट गठित कार्यदलका सदस्य एवम् उपमहासचिव गिरिराजमणि पोखरेलले वाम एकताका लागि कोर्स अगाडि बढेको बताए। ‘हिजो पार्टी पदाधिकारी बैठकले वार्ताका लागि समिति बनाएको छ। आज हामी वाम एकताका विषयमा थप छलफल गर्न बैठक बस्दैछौं। बैठकले स्पष्ट खाका तयार गरेर अगाडि बढ्ने छ,’ उनले भने। उनले बैठकले कार्ययोजना र कार्यविधि बनाइसकेपछि छलफल थप अघि बढ्ने बताए।

संघ र प्रदेशको चुनावपछि नेपालमा देखा परेको राजनीतिक परिदृश्यले नयाँ सिराबाट अगाडि बढ्नुपर्ने परिस्थिति सिर्जना भएको उनको धारणा छ। ‘माओवादी, वामपन्थी र कम्युनिस्टहरूको एकताका लागि को–कोसँग एकता सम्भव छ भनेर हामीले छलफल गर्छौं। त्यसका लागि सबै वामपन्थी दलसँग छलफल गरिने छ,’ उनी भन्छन्।

Metro Mart
vianet
एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार राजनीतिक समितिको बैठकमार्फत समिति बनाउने तयारी गरेको छ।

बैठकमा अहिलेसम्मका सबै छलफल र उपलब्धिका विषयमा गहन छलफल हुने उनले जानकारी दिए। नेपालको प्रमुख एउटा शक्ति वामपन्थी शक्ति रहेको बताउँदै उनले सबै एक ठाउँमा अभिएर अघि बढ्नुको विकल्प नरहेको तर्क गरे। ‘हामी विभिन्न प्रयोग गर्दै अघि बढेका छौं। कुनै प्रयोगमा सफल भएका छौं, कुनैमा असफल पनि भएका छौं। देशको समकालीन राजनीतिमा यिनिहरूको अस्तित्व इन्कार गर्नै नमिल्ने छ। त्यसैले मिलेर अगाडि बढ्नु अहिलेको आवश्यकता र बाध्यता दुवै हो,’ पोखरेलले भने।

यसअघि पनि वाम एकता भएको र त्यो धेरै लामो समयसम्म टिक्न नसकेकाले पुराना कमजोरी सुधार्दै नयाँ शिराबाट अगाडि बढ्नका लागि सबै एकमत हुनुपर्ने उनी बताउँछन्। ‘राजनीतिक परिस्थितिमा परिवर्तन आइरहेको हुन्छ। त्यो परिस्थितिले माग गरेको आधारमा कसरी अगाडि जाने भन्ने कुरा ठोस विश्लेषण गरेर अगाडि बढ्नुपर्छ। यो मार्क्सवादीहरूको एउटा विशेषता पनि हो,’ उनले भने।

कमजोरी के थिए, सवल पक्ष के थिए, दिशा के थियो, प्रक्रिया के थियो? सबै कुराको छलफल गरेर आगामी रणनीति तय गरिने र सोही अनुरुप एकताका लागि छलफल थालिने पोखरेलले बताए। संवादको नयाँ प्रक्रियातर्फ जानका लागि पछिल्लो घटनाक्रमले आफूहरूलाई उत्प्रेरित गरेको उनको भनाइ छ। बाबुराम भट्टराईको पार्टीसँग एकता प्रक्रिया सकारात्मक रुपमा निकै अघि बढेको जानकारी उनले दिए।

‘उहाँहरूले नेकपा माओवादीको चुनाव चिह्न लिएर नै चुनाव लड्नुभयो। हामी चुनाव सँगै लडेकाले हाम्रो निकटता छ। उच्च तहबाटै उहाँसँग छलफल भइरहेकाले के कति छलफल भएको छ भन्ने कोणबाट हामी सुसूचित छौं,’ उनले भने, ‘केही समूहसँगको एकताका लागिमात्र यो समिति गठन भएको होइन। माधव नेपालले नेतृत्व गर्नुभएको नेकपा एकीकृत समाजवादीसँग पनि पहिलेदेखि नै पार्टी एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको थियो। अन्य वाम पार्टीसँग पनि छलफल चलेका छन्।’

माओवादी स्रोतका अनुसार भट्टराईले पार्टीको नाममा ‘नेकपा’ पनि नराख्न माग गरेका थिए। तर नेकपा नहटाई ‘माओवादी’ हटाउन प्रचण्ड तयार भएपछि पार्टीको नाम नेकपा समाजवादी राख्ने समझदारी बनेको हो। स्रोतका अनुसार एकीकृत पार्टीमा दुई अध्यक्ष रहनेछन्। प्रचण्डले प्रधानमन्त्रीका रूपमा सरकारको काममा ध्यान दिने र दोस्रो वरीयतामा रहेर भट्टराईले पार्टी काममा समय दिने समझदारी भएको छ। 

पार्टी एकता भए सात वर्षपछि प्रचण्ड र भट्टराई एउटै पार्टीमा हुनेछन्। २०७२ असोज ९ मा माओवादी मुख्यालय पेरिसडाँडालाई ‘भूकम्पमा भत्किएको रातो घर’को संज्ञा दिएका थिए। त्यसपछि उनी माओवादीमा फर्केनन्। 

माओवादीबाट छुट्टिएपछि बाबुरामले नयाँ शक्ति पार्टी गठन गरे। नयाँ पार्टी गठन गर्दा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने दाबी गरेका भट्टराई सात वर्षपछि उही ‘भूकम्पमा भत्किएको रातो घर’मा फर्किने तरखरमा छन्। यसबीचमा उनले उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए। दुई अध्यक्ष रहेको जनता समाजवादी पार्टीमा पनि बाबुराम रहन सकेनन्। हालै उनले यादवसँग छुट्टिएर नेपाल समाजवादी पार्टी गठन गरेका हुन्। आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्डलाई छोडेर उनले प्रतिनिधिसभामा नलड्ने घोषणा गरेका थिए। प्रचण्डको चुनावी अभियानमा पनि हिँडेका थिए बाबुराम। 

प्रकाशित: Jan 08, 2023| 12:13 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...