शुक्रबार, जेठ ४, २०८१

हुस्सुका कारण चीनमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु

पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। 'दु
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

triton college
corrent noodles
Metro Mart

बेइजिङ- पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। 'दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२  जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ,' सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। 

ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। दुर्घटनाको करिब एक घण्टापछि नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा 'कुहिरो मौसम' अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी गरेको छ। ‘ड्राइभिङ भिजिबिलिटी कम छ। यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ,’  सुझावमा भनिएको छ। 

 

प्रकाशित: Jan 08, 2023| 11:21 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।