बुधबार, जेठ २७, २०८३

ग्लोबल आइएमई–बीओकेको संयुक्त प्रभातफेरी आयोजना

ग्लोबल आइएमई र बीओकेको मर्जर अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्य–मुख्य सहरमा प्रभात फेरी कार्यक्रम आयोजना गरेका हुन्।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले संयुक्त रुपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन्। ग्लोबल आइएमई र बीओकेको मर्जर अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्य–मुख्य सहरमा प्रभात फेरी कार्यक्रम आयोजना गरेका हुन्। 

National life

दुवै बैंक मर्जरमा गएपछि २५ पुसदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दै छन्। प्रभातफेरीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत १ हजार बढी कर्मचारी उपस्थित थिए।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा सहभागी कर्मचारीले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यकाबाहिर पनि मुख्य–मुख्य सहरमा यस्तै कार्यक्रम गरिएको बैंकले बताएको छ। 

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब बढी र कुल कर्जा ३७९ अर्ब बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बीओकेका तर्फबाट २ जना रहनेछन्। एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य रहनेछन्। 

Shivam cement

२१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमईमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। दुई बैंकको मर्जरपछि ३६५ शाखा, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख बढी ग्राहक पुग्नेछन्।

प्रकाशित: Jan 07, 2023| 15:46 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्