शुक्रबार, फागुन २९, २०८२

चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित

देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

बेइजिङ- देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

National life

चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा  औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अंग्रेजी समाचार आउटलेटले जनाएको छ।

चिनियाँ महामारी विशेषज्ञ र चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड प्रतिक्रिया विशेषज्ञ टोलीका पूर्व प्रमुख लियांग वान्नियनका अनुसार हालको महामारीको मृत्यु दर गणना गर्न धेरै गाह्रो छ। चिनियाँ महामारी विशेषज्ञले यो महामारी समाप्त भएपछि मात्र सही तथ्यांक उपलब्ध हुने बताएका छन्।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चीनमा भाइरस प्रसारण आशा गरिभन्दा तीब्र ढंगले विस्तार भएको झेङ गुवाङले बताए।

प्रकाशित: Jan 07, 2023| 12:24 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्