बुधबार, जेठ २७, २०८३

सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च

डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

न्युयोर्क- डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को  तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ। 

National life

विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक नोभेम्बरको संशोधित १३५ अंकको तुलनामा गत महिना औसत १३२ दशमलब ४ अंक थियो।

नोभेम्बरको आंकडा पहिले १३५ दशमलब ७ अंकको रूपमा दिइएको थियो। डिसेम्बरमा सूचकाङ्कमा आएको गिरावट खाने तेलको अन्तर्राष्ट्रिय मूल्य, अनाज र मासुको मूल्यमा केही गिरावटसँगै उत्प्रेरित भएको तर चिनी र दुग्ध उत्पादनमा केही वृद्धिले न्युन भएको भएको एफएओले  भनेको छ।

सन् २०२२ मा खाद्यान्न आयात लागतले विकासन्मुख देशहरूलाई ढुवानी मात्रामा कटौती गर्ने एफएओले गत वर्ष भनेको थियो।

प्रकाशित: Jan 07, 2023| 10:40 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्