बुधबार, जेठ २७, २०८३

दूधको उचित मूल्य नपाएको किसानको गुनासो

चितवन जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

चितवन- चितवन जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्।

National life

पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागत अनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ।

भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरे पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य यथावत रहनुले समस्यामा परेको बताउँछन्। उनले भने, ‘पशु आहारको मूल्यवृद्धि भएअनुसार उत्पादित दूधको मूल्यसमेत बढाउन आवश्यक छ।’

राज्यले किसानलाई स्वरोजगार बन्न भनेको भए पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य उचित नपाउँदा समस्या भएको उनको भनाइ छ। पशु आहारका लागि दाना, चोक्कर, औषधि लगायतको मूल्यमा भएको वृद्धिको अनुपातमा दूधको मूल्य वढाउन पाउनुपर्ने उनले बताए।

भरतपुर महानगरपालिका–२४ जगतपुरका हरिप्रसाद अधिकारी अहिले दूधको मूल्यभन्दा उत्पादन मूल्य बढी भएको बताउँछन्। उनले भने, ‘प्रतिलिटर दूध उत्पादनका लागि ७० रुपैयाँ पर्छ। हामीले दूध बेच्दा ५६ देखि ६० मा बेच्नुपरेको छ।’

Shivam cement

दूधको मूल्य नबढ्दा दुग्ध उत्पादक कृषक पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन्। उनी भन्छन्, ‘दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि राज्यले ठोस कदम चाल्नुपर्छ।’ सरकारले किसानको समस्या समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।

रत्ननगर नगरपालिका–१२ का कृषक किशोर वगालेले अहिले तत्कालको समस्या दूधको उचित मूल्य नपाउनु हो भन्छन्। उनी भन्छन्, ‘पशु आहारको मूल्यवृद्धि हुनु र दूधको मूल्य सधैं एकैनास हुनुले समस्या पर्‍यो।’

किसानलाई कामदारको समस्या अझै ठूलो रूपमा रहेको छ। उनले थपे, ‘कामदार राख्यो ६ महिना पनि टिकाउन कठिन हुन्छ। सजिलो काम भए पो कामदार लामो समय बस्छन्।’ कामदार नपाउने समस्या भए पनि दूधको मूल्यमा वृद्धि नहुँदा अझै ठूलो समस्यामा कृषक परेको उनको गुनासो छ। उनी भन्छन्, ‘लागत मूल्य उठाउन पनि कठिन छ।’ रासस

प्रकाशित: Jan 07, 2023| 10:17 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्