बुधबार, जेठ २७, २०८३

शीतभण्डार सञ्चालनपछि किसान हर्षित

तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

तेह्रथुम- तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ। कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो।  तेह्रथुममा शीतभण्डार नहुँदा बिक्री नभएका तरकारी तथा फलफूल खेर जाने गरेका थिए। 

National life

म्याङ्लुङ नगरपालिका–९ साब्लामा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएसँगै किसान उत्साही बनेका छन्। यहाँका किसानले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न प्रदेश सरकारको सहयोगमा कियाचु सहकारी संस्थाले जिल्लामै पहिलोपटक शीतभण्डार सञ्चालनमा ल्याएको हो।

साब्लामा शीतभण्डार बनेपछि किसानलाई राहत मिलेको कियाचु सहकारी संस्थाका उपाध्यक्ष  टङ्कमाया लिम्बुले बताइन्।  उनी  भन्छिन्, “अहिले हामी नै किसानको घरघरमा गएर फलफूल किनेर ल्याएर स्टोर गरेका छौँ ।” अरु किसानले पनि बिस्तारै कृषि उपज ल्याउन थालेका छन्। तेह्रथुमका छ पालिकामध्ये म्याङ्लुङ नगरपालिका र फेदाप गाउँपालिका किसानले सुन्तला बढी स्टोरमा   ल्याउने गरेको  टङ्कमाया लिम्बूले बताइन्।

सहकारीले अहिले तेह्रथुमका सुन्तला खरिद गरी तराईका जिल्लामा निर्यात गरिरहेको छ। तेह्रथुममा शीतभण्डार बनेपछि यहाँका सुन्तला कुहिने र बिक्री नहुने समस्या समाधान भएको किसान होमबहादुर खापुङले बताए। कृषकका बारीमा नै गएर सहकारीले उचित मूल्यमा सुन्तला खरिद गरी एक मुष्ट पैसा पाउँदा खुसी लागेको अर्का किसान अम्बिका कार्कीले बताइन्।  उनी  भन्छिन्, “पहिले पहिले सुन्तला डोकोमा बोकेर बजार लग्नु पर्थो, दिनभरमा एक डोको बेच्न गाह्रो पथ्र्यो तर अहिले घरमै बेच्न पाएका छौँ, समय र श्रमको बचत भएको छ।”

तेह्रथुममा छ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ। जिल्लाको छवटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानले सुन्तला उत्पादन गर्दै आएका छन्। तेह्रथुममा वार्षिक तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ। गत वर्षको तुलना यस वर्ष उत्पादन बढ्ने ज्ञानकेन्द्रको अनुमान छ। जिल्लामा उत्पादन हुने लाखौँको तरकारी र फलफूल खेर जाने तथा अन्य समयमा जिल्ला बाहिरबाट आयात हुने  अवस्था थियो। रासस

Shivam cement

प्रकाशित: Jan 07, 2023| 08:50 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्