मंगलबार, फागुन १९, २०८२

भारतमा उच्च चिसोले हृदयघात हुँदा एकैदिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं- भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ।

कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २२ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ज्यान गुमाउने सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा हुन्। लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले निकालेको पछिल्लो विवरण अनुसार अस्ति बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी) मा ७ सय २३ जना मुटुका बिरामी आएका थिए। तीमध्ये अस्पतालमा ७ जनाको उपचारकै क्रममा ज्यान गएको थियो भने १५ जनालाई अस्पताल आइनपुग्दै मृत घोषणा गरिएको थियो।

अस्पतालका डाक्टरले कानपुरमा फैलिएको शीतलहरका कारण अचानक रक्तचापमा वृद्धि भएको र त्यसले हृदयघात निम्त्याएको बताएका छन्। कानपुरमा व्यापक शीतलहर रहेको र हृदय रोगबाट पीडित हुनेको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका निर्देशक विनय कृष्णले बताए।

कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्। उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ। उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ।

kumari


प्रकाशित: Jan 07, 2023| 07:48 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।