बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार २५ पुसदेखि

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार २५ पुसदेखि

नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्।

राष्ट्र बैंकको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो। ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू १:१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन्।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू दुवैले एकीकृत कारोबारका लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आइएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन हुने भएको छ। नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बैंक’ रहने भएका छन्। यसअघि प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाम ल्याउन भनेको थियो। 


प्रकाशित: Jan 06, 2023| 14:06 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्