शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

के कांग्रेसले राप्रपालाई 'प्रधानमन्त्री कार्ड' दिएकै हो?

कांग्रेस प्रवक्त डा. प्रकाशशरण महत भने राप्रपालाई प्रधानमन्त्रीको अफर गरिएको भन्ने विषय सत्य नरहेको बताउँछन्। ‘त्यस्तो कसैलाई कुनै प्रस्ताव गरिएको छैन। अहिले यो सबै अनुमानका भरमा भनिएको हो,’ उनले भने। प्रवक्ता महले सात दलीय प्रचण्ड नेतृत्वको सरकार आफैँ ढल्ने र गठबन्धन टुट्ने दाबी गरे।
 |  शुक्रबार, पुस २२, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, पुस २२, २०७९

काठमाडौं– सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेको समाचार बाहिरिएको छ। संसदमा सबैभन्दा ठूलो दल भएर पनि सत्ता विमुख हुनुपरेको रिस पोख्न सभापति शेरबहादुर देउवाले विश्वासपात्रमार्फत राप्रपालाई प्रधानमन्त्रीको अफर गरेसँगै यतिबेला राजनीतिक वृत्त गर्माएको छ। 

triton college

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धनको सरकारलाई समर्थन जनाएको राप्रपालाई प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेसले गरेको उक्त प्रस्तावको विषय बाहिर चुहिएको हो। प्रचण्डले अगामी २६ पुसमा विश्वासको मत लिने बताइसकेका छन्।

कांग्रेसले राप्रपालाई दिएको प्रधानमन्त्री कार्ड प्रचण्डलाई कुर्सीबाट हटाएर आफ्नो पक्षमा गठबन्धन निर्माण गर्ने दाउका रुपमा हेरिएको छ। यसको संकेत राप्रपा महामन्त्री भुवन पाठकले समेत गरेका छन्।

राप्रपालाई प्रधानमन्त्री बन्न कांग्रेसबाट प्रस्ताव आए पनि कुनै निर्णय नभएको प्रवक्ता पाठकको दाबी छ। उनले अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र पार्टीलाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेको बताए।

कांग्रेस प्रवक्त डा. प्रकाशशरण महत भने राप्रपालाई प्रधानमन्त्रीको अफर गरिएको भन्ने विषय सत्य नरहेको बताउँछन्। ‘त्यस्तो कसैलाई कुनै प्रस्ताव गरिएको छैन। अहिले यो सबै अनुमानका भरमा भनिएको हो,’ उनले भने। प्रवक्ता महले सात दलीय प्रचण्ड नेतृत्वको सरकार आफैँ ढल्ने र गठबन्धन टुट्ने दाबी गरे। 

सभापति देउवाले निकटस्थमार्फत पठाएको प्रधानमन्त्रीको कार्डबारे बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकमा अध्यक्ष लिङ्देनले यसबारे अनौपचारिक छलफल गरेका थिए। छलफलमा कांग्रेसको प्रस्ताव हाललाई थाती राख्ने र प्रचण्डलाई नै समर्थन गर्ने निष्कर्ष निकालेको थियो।

Metro Mart
vianet

नेकपा एमाले सहितको वर्तमान सत्ता गठबन्धनलाई सुरुवाती समर्थन दिएको राप्रपाले अझै सरकारमा जाने विषयमा निर्णय गरिसकेको छैन। सुरुमा बाहिरैबाट समर्थन गर्ने जनाएको राप्रपाले सांसदहरूको दबाबपछि सरकारमा जाने तयारी गरेको छ। 

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले उपप्रधानसहित ४ मन्त्रालय मागेका थिए। तर, सत्ता गठबन्धनका दलहरू भने राप्रपालाई पर्यटन तथा संस्कृतिसहित तीन मन्त्रालय दिन तयार रहेको बताइएको छ।

प्रकाशित: Jan 06, 2023| 13:25 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...