बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महानगरको विकास सहायता कार्यक्रमका लागि पेस भए २०४ प्रस्ताव

महानगरको विकास सहायता कार्यक्रमका लागि पेस भए २०४ प्रस्ताव

महानगरले ४ करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत १ मंसिरमा सार्वजनिक सूचना जारी गरेको थियो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं– काठमाडौं महानगरको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि २०४ प्रस्ताव पेस भएका छन्। महानगरले ४ करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत १ मंसिरमा सार्वजनिक सूचना जारी गरेको थियो।

National life

सोही सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएको सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए। महानगरका अनुसार पहिलो कार्यक्रम ‘नमुना छात्रा सांसद कार्यक्रम’ हो। यो कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ।

१ करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न संघ–संस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन् । यस्तै, लागूऔषध, मानव बेचबिखन, ओसारपसार नियन्त्रण, लंैगिक हिंसाविरुद्धको अभियान, अपांगताका क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य, विभिन्न स्रष्टाको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदानलगायतमा रकम विनियोजन गरिएको छ।

प्रस्तावमध्ये कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्थाजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी थप काम अघि बढाउने महानगरले बताएको छ।

प्रकाशित: Jan 06, 2023| 11:31 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्