शुक्रबार, फागुन २९, २०८२

यी हुन् खाली पेटमा मनतातो पानी पिउनुका फाइदा

प्रायः मानिसहरू चिसो पानी पिउन रुचाउँछन्। केही मानिसहरू मनतातो पानी पिउने गर्छन्। तर बिहान खाली पेटमा तातो पानी पिउने हो भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। हाम्रो शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरलाई आवश्यक पोषक तत्व भन्दा बढी पानी चाहिन्छ। स्वास्थ्य विज्ञहरुका अनुसार मानिसले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ। 

National life

प्रायः मानिसहरू चिसो पानी पिउन रुचाउँछन्। केही मानिसहरू मनतातो पानी पिउने गर्छन्। तर बिहान खाली पेटमा तातो पानी पिउने हो भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। बिहान मनतातो पानी पिउनाले पाचन प्रणालीलाई स्वस्थ राख्छ। 

पाचन प्रणाली स्वस्थ रहन्छ

खाली पेटमा एक गिलास मनतातो पानी पिउनाले पाचन प्रणाली स्वस्थ राख्छ। हरेक बिहान-बिहान पानी पिउने बानीले ग्यास र पेट फुल्ने समस्याबाट मुक्ति मिल्छ। शरीरबाट विषाक्त पदार्थ पनि निकालिन्छ।

भोक बढाउँछ

Laxmi sunrise bank
kumari

स्वास्थ्य विज्ञहरुका अनुसार खाली पेटमा तातो पानी पिउनाले भोक पनि बढ्छ। यसबाट बिहानको खाजामा कुनै समस्या हुँदैन र भरपुर खाना खानाले शरीरमा दिनभर उर्जा रहन्छ। 

टाउको दुखाइबाट राहत

टाउको दुख्ने समस्या छ भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउने बानी बसाल्नुहोस्। वास्तवमा शरीरमा पर्याप्त मात्रामा पानी नहुँदा टाउको दुख्ने गर्छ। त्यसैले प्रशस्त पानी पिउनुहोस।

छालालाई चम्किलो बनाउँछ

मनतातो पानी पिउनाले छालामा चमक आउँछ। शरिरमा विषाक्त तत्व बढी भएमा छालामा दागहरु देखिने गर्दछ। छाला सुख्खा हुन्छ र चमक हट्छ। पानीले छालामा निखार ल्याउन मद्दत गर्छ। -अमरउजालाबाट

प्रकाशित: Jan 06, 2023| 06:35 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्