शुक्रबार, फागुन २९, २०८२

हिँड्दा के-के फाइदा हुन्छ?

हिँड्ने बानिले मानसिक स्वास्थ्यलाई पनि राम्रो गर्छ। यसले तनाव कम गराउने, सकारात्मक मुड सिर्जना गर्ने, सकारात्मक अनुभूति, स्मरण शक्ति तथा निद्रा राम्रो हुनेलगायत फाइदा गराउँछ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- सही तरिकाले हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको छ। हिँड्दा मोटोपन घटाउन सजिलो हुन्छ। लामो समय पनि खर्चिनु पर्दैन। यसका साथै अन्य विभिन्न स्वास्थ्य लाभसमेत लिन सकिन्छ।

National life

हिँड्दा शारीरिक स्वास्थ्यलाई राम्रो गराउँछ। यद्यपि बिस्तारै मात्र हिँड्दा आवश्यकअनुसार शारीरिक स्वास्थ्यलाई सकारात्मक असर नपार्न सक्छ। त्यसैले अलि छिटो गरेर हिँड्न विज्ञहरूको सुझाव छ। 

हड्डी सम्बन्धी अन्य समस्या नभएका वयस्क उमेरका व्यक्तिलाई हरेक दिन तीव्र गतिमा केही समय हिँड्न विज्ञहरूले सुझाएका छन्। यसो गर्दा बोसो घट्ने, तौल नियन्त्रण हुने, मुटुरोगको जोखिम घट्ने, हृदयघातको सम्भावना न्यून हुने, उच्च रक्तचाप कम हुने, क्यान्सर तथा मधुमेह जस्ता रोगको जोखिम कम हुनेलगायत प्रतिरोधात्मक क्षमता वृद्धि हुने फाइदा हुन्छन्।

यसका साथै हिँड्ने बानिले मानसिक स्वास्थ्यलाई पनि राम्रो गर्छ। यसले तनाव कम गराउने, सकारात्मक मुड सिर्जना गर्ने, सकारात्मक अनुभूति, स्मरण शक्ति तथा निद्रा राम्रो हुनेलगायत फाइदा गराउँछ। 

त्यस्तै सोँचमा समेत सकारात्मकता ल्याउँछ। अध्ययनका अनुसार हिँड्दा मनमा भइरहने डर वा नैराश्यता हट्ने हुन्छ। यसका लागि हाइकिङ वा ट्रेकिङ उपयुक्त हुने अध्ययनले देखाएको छ।

Laxmi sunrise bank
kumari

हिँड्ने बानिले मानसिक रूपमा सकारात्मकता ल्याउँछ। यसले कसैसँग नबोल्ने बानी भएका व्यक्तिको आफ्ना वरपर हुने मानिससँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत गर्छ। 

त्यस्तै परिवारका सदस्य, साथीभाइलगायतसँग हिँड्दा उनीहरूसँगको सम्बन्ध पनि अझ प्रगाढ हुन्छ।         -टाइम्स अफ इन्डियाबाट

प्रकाशित: Jan 06, 2023| 06:00 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्