बुधबार, जेठ २७, २०८३

नेप्से परिसूचक १८.९ अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचकमा १८.९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचकमा १८.९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ। 

National life

बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढीको सेयर कारोबार भएको थियो। बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच भएर ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ।

हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। साथै रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। 

बिहीबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। जसमा चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त ‍वित्तीय संस्था, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड, धौलागिरि लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन उर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ।

यस्तै, कुल १४७ कम्पनीमा उकालो लागेको छ भने जम्मा ६२ कम्पनीमा ओरालो लागेको छ। ४ कम्पनी भने स्थिर रहेको छ। 

Shivam cement

बिहीबार १३ उपसूचकमध्ये बैंकिङ र अन्य इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ। 

प्रकाशित: Jan 05, 2023| 15:58 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्