शुक्रबार, साउन १, २०८३

फर्निचर एक्स्पो सकियो, ७५ हजारले गरे अवलोकन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार सकिएको एक्स्पोमा भएको व्यावर तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघलार्इ उत्साहित बनाएको जनाएको छ । 

दशैंलाई लक्षित गरेको एक्स्पोमा अवलोकनकर्ताले सामान बुकिङ गरेका थिए । संघका अध्यक्ष राजेशकाजी अग्रवालले  व्यापरका दृष्टिकोणले उत्साहजनक रुपमा सामानको बुकिङ भएको बताए । 

इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफुहरुलाई समेत उत्साहित बनाएको उनको भनाइ छ । 

प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सयभन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभा थिए । एक्स्पोमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्री तथा बुकिङ गरिएको थियो ।

होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्रीहरु अवलोकनकर्ताहरुको आकर्षण बनेका थिए । 
 
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्