सोमबार, वैशाख २८, २०८३

५ चैतमा स्ववियु निर्वाचन

निर्देशनालयले ५ चैतमा स्ववियु चुनाव गर्न त्रिवि कार्यकारी परिषद् बैठकमा पेस गरेको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

National life

काठमाडौं– पटक–पटक सर्दै आएको स्ववियु निर्वाचनका लागि पुनः नयाँ मिति घोषणा गरिएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन ५ चैतका लागि प्रस्ताव गरेको छ। २०६५ देखि स्ववियु निर्वाचन हुन सकेको छैन।

निर्देशनालयले ५ चैतमा स्ववियु चुनाव गर्न त्रिवि कार्यकारी परिषद् बैठकमा पेस गरेको हो। त्रिवि कार्यकारी परिषद् बैठकले चुनावको मिति तोक्ने प्रावधान छ। त्यसका लागि शुक्रबार बैठक बस्दै छ। चुनावको मिति तोकेपछि कार्यतालिका सार्वजनिक गरिनेछ।

त्रिविले यसअघि २० विद्यार्थी संगठनसँग छलफल गरी स्ववियु चुनावको तयारी थालेको थियो। स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद लागू भएपछि केही समय विवादमा निकालिएको थियो।

प्रकाशित: Jan 05, 2023| 15:24 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्