बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माघ पहिलो सातादेखि थालिँदै ग्वार्काेमा फ्लाइओभर निर्माण

माघ पहिलो सातादेखि थालिँदै ग्वार्काेमा फ्लाइओभर निर्माण

ग्वार्को क्षेत्रमा सडक विस्तार गरी १० लेनको बनाइए पनि ट्राफिक जामको समस्या नसल्टिएपछि फ्लाइओभर बनाउन लागिएको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– ललितपुरको ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण माघ पहिलो सातादेखि सुरु हुने भएको छ। हाल फ्लाइओभर निर्माणका लागि आवश्यक तयारी भइरहेकाले माघ पहिलो सातादेखि निर्माण सुरु हुने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ वज्राचार्यले बताएका हुन्।

National life

उनले भने, ‘हाल सामान व्यवस्थापनको काम भइरहेको छ। सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ। अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो।’ केही सामान आयात हुन बाँकी रहेकाले सामान ल्याउने काम भइरहेको उनले बताए। 

फ्लाइओभर निर्माण अवधि १४ महिना तोकिएको छ। यस क्षेत्रमा पर्ने सडक विस्तार गरी १० लेन बनाइए पनि ट्राफिक जामको समस्या समाधानका लागि फ्लाइओभर बनाउन लागिएको हो। हाल यस क्षेत्रमा चार लेनको मुख्य सडक, सर्भिस लेन र त्यसभन्दा बाहिर दुवैतर्फ एक÷एक लेन छन्। 

सबैभन्दा बाहिरी लेनमा हाल सवारी साधन पार्किङ भइरहेकाले त्यसलाई हटाएर नियमित सवारी साधन गुड्ने बनाउनुपर्ने सूचना अधिकारी वज्राचार्यको भनाइ छ। उक्त लेन सञ्चालन गरी मोटरसाइकल सञ्चालन गर्न सकिने उनले बताए। 

फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ भने बालकुमारीतर्फ २८० मिटर लामो  ‘¥याम’ र सातादोबाटोतर्फ १७५ मिटर लामो ‘¥याम’ बनाइनेछ। कुल ४९० मिटर लम्बाइको फ्लाइओभरमा ‘सुपर स्ट्रक्चर’ ३५ मिटर हुनेछ। फ्लाइओभर सञ्चालनमा आएपछि मंगलबजार–इमाडोल–मंगलबजार चल्ने सवारीसाधन पुलमुनिबाट जानेछन् भने चक्रपथमा गुड्ने सवारी साधन पुलमाथिबाट गुड्नेछन्।

Shivam cement

प्रकाशित: Jan 05, 2023| 15:03 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्