बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं महानगरले पाँच महिनामा असुल्यो साढे ४ अर्ब बढी राजस्व

काठमाडौं महानगरले पाँच महिनामा असुल्यो साढे ४ अर्ब बढी राजस्व

गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड राजस्व असुलेको महानगरले कोरोना महामारीपछि आम्दानी बढाउँदै लगेको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– काठमाडौं महानगरले चालू आर्थिक वर्षको १५ पुस सम्म ४ अर्ब ३४ करोड राजस्व असुलेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड जम्मा गरेको महानगरले कोरोना महामारी त्रास कम भएसँगै उक्त राजस्व संकलन गरेको महानगरको राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए।

National life

बुधबार महानगरमा भएको राजस्व परामर्श समिति बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन्। बैठकले महानगरभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिमाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय गरेको छ।  

व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी महानगरको टोलीले हटाउँदा लाग्ने जरिमाना रकम कम्तीमा ५०० सय र अधिकतम ३ हजार हुने निर्णय गरेको छ।

जरिमाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ। भुइँतला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ।

सोही ठाउँमा बेल्डिङ मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरे अर्को प्रकारको शुल्क लाग्नेछ। दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भए छुट्टाछुट्टै जरिमाना सिफारिस हुने निर्णय भएको छ।

Shivam cement

प्रकाशित: Jan 05, 2023| 17:55 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्