बुधबार, जेठ २७, २०८३

चार कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– चार कम्पनीले धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ)निष्कासन अनुमति पाएका छन्। बोर्डले ७ पुसमा आईपीओ निष्कासन अनुमति दिएका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर रहेका छन्। 

National life

बोर्डले ४ पुसमा बीपीडब्लु लघुवित्त वित्तीय संस्था र १७ पुसमा सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति दिएको हो। मकरमाया हाइड्रोपावरले ३० प्रतिशत सेयर स्थानीय र सर्वसाधारणमा जारी गर्नेछ। कम्पनीले २२ लाख ८० हजार कित्ता (२२ करोड ८० लाख रुपैयाँ) सेयर जारी गर्ने भएको हो। सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ पुग्नेछ। बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

कम्पनीले ६.४ मेगावाटको सुरी खोला हाइड्रोपावर सञ्चालनमा ल्याएको छ। त्यस्तै, ७ मेगावाटको अप्पर सुरी खोला हाइड्रोपावरको आयोजना निर्माण गरिरहेको छ। यस्तै, सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर स्थानीय र सर्वसाधारणमा जारी गर्नेछ। 

सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड पुग्नेछ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। यसैगरी सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख बराबरको सेयर स्थानीय र सर्वसाधारणमा जारी गर्नेछ। सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड पुग्नेछ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

बोर्डका अनुसार बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ लाख बराबरको सेयर निष्कासन गर्नेछ। सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ३  करोड पुग्नेछ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ।

Shivam cement

प्रकाशित: Jan 05, 2023| 11:40 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्