शुक्रबार, फागुन २९, २०८२

खोटाङको जनजागृति मावि उत्कृष्ट विद्यालय, पायो साढे १४ लाख

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित जनजागृति सामुदायिक आवासीय मावि प्रदेशकै उत्कृष्ट विद्यालयमध्येमा सम्मानित भएको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित जनजागृति सामुदायिक आवासीय मावि प्रदेशकै उत्कृष्ट विद्यालयमध्येमा सम्मानित भएको छ।

National life

जीवनोपयोगी शिक्षाको अभ्यास गरिहेको शुभद्रा–मदन फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको जनजागृति मावि प्रदेशकै उत्कृष्ट १४ सामुदायिक विद्यालयमध्येमा सम्मानित भएको हो। 

जनजागृति माविले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट १४ लाख ५० हजार प्राप्त गरेको छ। मुख्यमन्त्री राजेन्द्र राई र सामाजिक विकासमन्त्री राजन राईले बुधबार जनजागृति माविका व्यवस्थापन समिति अध्यक्ष सूर्य राई र प्रअ सविता ढकाललाई सम्मान प्रदान गरे। प्रदेश १ का १४ जिल्लाका एक–एकवटा उत्कृष्ट माविलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत खोटाङबाट जनजागृति छनोटमा परेको हो। आधारभूत विद्यालयमध्येमा खोटाङबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको जालपा आवि सिरुवास सम्मानित भएका छन्। 

विद्यार्थी संख्या घटेपछि २०७२ सालमा खारेजमा पर्न लागेको तत्कालीन जनजागृति प्राविलाई शुभद्रा–मदन फाउन्डेसनले जिम्मा लिएर जीवनोपयोगी शिक्षाको अभ्यास गर्ने थलोका रुपमा जगाएको हो।

खारेजमा पर्न लागेपछि अभिभावककै आग्रहमा फाउन्डेसनले जनजागृतिलाई ‘गरिखान सिकाउने’ विद्यालयका रुपमा विकास गरेको छ। स्वतःस्फुर्त जीवनोपयोगी शिक्षाको अभ्यास गर्दैआएको फाउन्डेसनले जनजागृतिलाई जिम्मा लिएर व्यावहारिक शिक्षाको अभ्यासलाई अझ फराकिलो बनाएको छ। 

Laxmi sunrise bank
kumari

कृषिविज्ञ मदन राईले २०७० मा स्थापना गरेको फाउन्डेसनले ‘ह्युमन स्कुल र मदर इजुकेसन’को नारा अवलम्बन गरिरहेको छ। फाउन्डेसनले विद्यार्थीलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउने उद्देश्यले रुचि र इच्छाअनुसार चार ‘क’ (कोदालो, क्यामेरा, कम्प्यूटर र कलम) अर्थात् ‘कोदालोदेखि कम्प्युटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउने गरेका छन्। फाउण्डेसन आफैमा बिद्यालय होइन, तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको नयाँ प्रयोग देख्न र सिक्न सकिन्छ। 

फाउण्डेसनमा पूर्वी ईलामदेखि झापा, मोरङ, सिराहा, सर्लाही, उदयपुर, सोलुखुम्बु, महोत्तरी, धादिङ, काठमाडौं, ललितपुर, कास्की, हुम्ला, कालिकोट, बाजुरा, रुकुम, रोल्पा, जुम्ला, सल्यान, सुर्खेत, बाँके, बैतडी, दार्चुलालगायतका विद्यार्थी अध्ययनका लागि आवासीय भर्ना भएका छन्। 

प्रकाशित: Jan 05, 2023| 10:55 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्