शुक्रबार, फागुन २९, २०८२

चीनको अवस्थाबारे डब्लुएचओ चिन्तित, माग्यो कोभिडको यकिन तथ्यांक

गत हप्ता विश्व स्वास्थ्य संगठनले चीनसँग उच्चस्तरीय बैठक गरेर कोरोनाको बढ्दो केस र अस्पतालमा भर्ना हुनेहरूको बढ्दो संख्याका बारेमा छलफल गरेको थियो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई अस्पतालमा भर्ना भएका बिरामी र मृत्युसँग सम्बन्धित भरपर्दो तथ्याङ्क सेयर गर्न आग्रह गरेका छन्। साथै उनले चीनको अवस्थालाई लिएर आफू चिन्तित रहेको पनि बताएका छन्।

National life

'हामीले चीनलाई अस्पताल भर्ना र मृत्युको भरपर्दो डाटाका साथै रियल टाइम जानकारी सेयर गर्न आग्रह गरेका छौं,' उनले भने। गत हप्ता विश्व स्वास्थ्य संगठनले चीनसँग उच्चस्तरीय बैठक गरेर कोरोनाको बढ्दो केस र अस्पतालमा भर्ना हुनेहरूको बढ्दो संख्याका बारेमा छलफल गरेको थियो।

मिडिया ब्रिफिङमा उनले आफूसँग उपलब्ध तथ्यांकअनुसार विश्वभर कोभिड–१९ का कारण हरेक हप्ता करिब १० हजार मानिसको मृत्यु भइरहेको बताए। वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने उनको भनाइ छ।

कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियमहरू खुकुलो पारेपछि चीनमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा पाइएको छ। सबै सङ्क्रमण र मृत्युका घटनालाई सरकारी तथ्याङ्कले नसमेटेको आशङ्का व्यक्त भइरहेको छ।

चीनले पछिल्लो पटक कोभिडबारे डिसेम्बर २४ तारिखमा दैनिक अद्यावधिक विवरण उपलब्ध गराएको थियो जसअनुसार ५,००० भन्दा कम सङ्क्रमित थपिएका थिए। तर कतिपय विश्लेषकले त्यहाँ अहिले दैनिक २० लाखभन्दा बढी सङ्क्रमण भइरहेको र यो महिना सङ्क्रमणको उत्कर्षमा एक दिनमा करिब ४० लाख थपिन सक्ने बताएका छन्।

Laxmi sunrise bank
kumari

सङ्क्रमणसम्बन्धी तथ्याङ्क उपलब्ध नभएपछि र चिनियाँ सरकारले जनवरी ८ तारिखबाट यात्रालाई खुकुलो बनाउने भएपछि एक दर्जनभन्दा बढी देशले चीनबाट हुने आगमनको हकमा अनिवार्य कोभिड परीक्षणको नियम ल्याएका छन्। संयुक्त राज्य अमेरिका, भारत र यूकेसहित कैयौँ देशले चीनबाट आउने मानिसहरूको हकमा अनिवार्य कोभिड परीक्षण गराउनुपर्ने नियम लागु गरेका छन्।

चिनियाँ सरकारले भने आफ्नो देशका यात्रुहरूको आगमनमा प्रतिबन्ध लगाउने थुप्रै देशको निर्णय राजनीतिक रूपमा पूर्वाग्रही रहेको भन्दै आफूले बदला लिन सक्ने चेतावनी दिएको छ।

चिनियाँ विदेश मन्त्रालयकी एक प्रवक्ताले विश्वसँग गरिने सञ्चारमा सुधार ल्याउन बेइजिङ इच्छुक रहेको बताएकी छन्। यद्यपि प्रवक्ता माओ निङ्गले महामारी नियन्त्रणका नाममा अन्यथा गर्ने र राजनीतिक उद्देश्यका लागि कदम चाल्ने प्रयासको चीनले विरोध गर्ने अनि जवाफी कदमको सिद्धान्तअनुरूप निर्णय लिने चेतावनी दिएकी छन्।

चिनियाँ सिमानाहरू सन् २०२० को मार्च महिनायता लगभग बन्द छन्। सन् २०२० को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण फेला पारिएको थियो र चिनियाँ सरकारले त्यसको उद्‌गमबारे अनुसन्धान गर्ने प्रयासलाई रोकेपछि आलोचना भएको थियो।

प्रकाशित: Jan 05, 2023| 07:36 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्