बुधबार, जेठ २७, २०८३

टेलिकमले भन्यो- आफ्नै नामको सिमकार्डमात्र चलाउनु

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ। 

National life

राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएकोले टेलिकमले आफ्नै नामको सिमकार्ड प्रयोग गर्न अनुरोध गरेको हो।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयम्को नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहेका बेलैमा सावधानी अपनाइ आफ्नै नामको सिमकार्ड प्रयोग गर्न टेलिकमले आग्रह गरेको हो।

प्रकाशित: Jan 05, 2023| 07:34 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्