शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकको क्रेडिट कार्ड देखाउँदा शून्य ब्याजमा स्मार्टफोन 

बैंकको क्रेडिट कार्ड देखाउँदा शून्य ब्याजमा स्मार्टफोन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  एक रुपैयाँमा नै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिभल अफर ल्याएको छ।

न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा किन्दा विभिन्न उपहारहरु पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको छ।

बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्, नामक अफरअन्तरगत हाल ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाईदा उठाउन सक्नेछन्।

यो अफरअन्तरगत सुविधा लिनको लागि तपाईँले आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सक्नेछन्।

कम्पनीले विशेषगरि बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरि यो योजना ल्याएको ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले बताए।

‘हामी रु १ मा स्मार्टफोन र मासिक किस्ताबन्दीमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं, बैंकका क्रेडिट कार्ड होल्डरले सजिलोसँग नै मनपरेको स्मार्टफोन किन्न सक्ने सुविधा दिएका छौं,’ उनले भने।

कम्पनीले क्रेडिट कार्डसहित नगदमा स्मार्टफोन किन्ने ग्राहकहरुका लागि पनि सुविधा र अफर दिएको छ। ग्राहकहरुले विभिन्न स्मार्टफोनहरुमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउने छन्। कम्पनीले पुराना फोनहरु साटेर नयाँ फोन किन्न सकिने एक्सचेन्ज सुविधा पनि दिईरहेको छ।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ।

यस कम्पनीबाट किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराईनेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्