मंगलबार, फागुन १९, २०८२

म्यानमारमा ७ हजार कैदी रिहा

म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

म्यानमार- म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ। जुन्ता प्रमुखले आफ्नो राष्ट्रको लागि समर्थन कायम गरेकोमा केही देशहरूको प्रशंसा गरेका छन्।

प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशलेअन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ। सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन्।

‘म केही अन्तर्राष्ट्रिय र क्षेत्रीय देशहरू र संस्था तथा व्यक्तिहरूलाई धन्यवाद भन्न चाहन्छु जसले हामीलाई सबै दबाब, आलोचना र आक्रमणबीचमा सकारात्मक रूपमा सहयोग गरेको छ’, वरिष्ठ जनरल मिन आङ ह्लिङले म्यान्मारको ७५औँ स्वतन्त्रता दिवस।को सम्झनामा एक भाषणमा भने।

सुकीलाई नेपितावको जेलमा राखिएको छ र सेनाले उनमाथि स्वतन्त्र अदालतबाट उचित सुनुवाई गरेको दाबी गरेको छ।

प्रकाशित: Jan 05, 2023| 07:15 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।