शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लिमिटेड र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

आइएमई लिमिटेड र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइएमई लिमिटेड र भरोसा अस्पताबीच गत सोमबार सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागू हुनेछ ।

यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ। सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाषश्रेष्ठर भरोसाअस्पतालको तर्फबाट प्रशासनअधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन्। यो सम्झौता ५ असोजदेखि दुई वर्षसम्मका लागि लागू हुनेछ।

आइएमईसँग आबद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधाप्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए। 

आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्