शनिबार, जेठ ३०, २०८३

विज्ञापन संघको २३औं साधारणसभा र अन्तरक्रिया

नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंस्थित र्‍याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंस्थित र्‍याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

National life

कार्यक्रमको पहिलो सत्रको सहजीकरण संघका अध्यक्ष सोमप्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाईले गरेका थिए। दोश्रो सत्रको सहजीकरण भने संघका सल्लाहकार रन्जितराज आचार्य र प्यानलिष्टहरुमा मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए ।

कार्यक्रमकम सघंका सदस्य एजेन्सीहरुबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए। कार्यक्रममा संघका अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउएका थिए।

संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरेका थिए। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गरे।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए। सञ्चार तथा सूचना प्रविधि सचिव अर्यालले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

Shivam cement

विज्ञापनको क्षेत्रमा निरन्तर योगदान पुर्‍याएको भन्दै संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनीहरुलाई सम्मान समेत गरिएको संघले जनाएको छ। विज्ञापनदातातर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डष्ट्रिज, एनआइसि एसिया बैंक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई सम्मान गरिएको संघले जनाएको छ।

सम्मानित संघसंस्थाका प्रतिनिधिहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र संघका अध्यक्ष धितालले संयुक्त रुपमा अर्वाड प्रदान गरेका थिए ।

प्रकाशित: Jan 04, 2023| 18:14 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्