सोमबार, वैशाख २८, २०८३

माघमा भित्रिँदै १५ लाख बुस्टर डोजको खोप

कोरोना संक्रमण बढिरहेका बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– कोरोनाविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि माघमा खोप आउने भएको छ। ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो।  

National life

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी १९ माघमा सो परिमाणको खोप आउने जानकारी दिएका हुन्।

१४ पुसमा सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो। कोरोना संक्रमण बढिरहेका बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो। उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउनेछ। 

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ। सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो। छिमेकी भारत र चीनमा बिएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ।

यस्तै, मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित: Jan 04, 2023| 16:22 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्