बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू पुँजी कर्जा मार्गदर्शन संशोधनः साढे दुई वर्षको समय थप, पाँच किस्तामा तिर्न सकिने

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनः साढे दुई वर्षको समय थप, पाँच किस्तामा तिर्न सकिने

तोकिएको सीमाभन्दा बढी ऋण लिने ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले साढे दुई वर्षको समय दिएको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९
National life
Shivam cement

काठमाडौं– तोकिएको सीमाभन्दा बढी ऋण लिने ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले साढे दुई वर्षको समय दिएको छ।

राष्ट्र बैंकले बुधबार चालू पुँजी कर्जा मार्गदर्शन २०७९ को संशोधन गर्दै कुनै पनि ऋणीले सीमाभन्दा बढी चालू पुँजी कर्जा लिएको भए २०८२ असार मसान्तसम्ममा पाँच किस्ता गरी तिर्न सक्ने व्यवस्था गरेको हो।

ऋणीले पहिलो किस्ता १० प्रतिशत, दोस्रो, तेस्रो, चौथो २०–२० प्रतिशत र अन्तिम किस्ता ३० प्रतिशतका दरले ऋण तिरी सीमाभित्र ल्याउन सक्नेछन्।

प्रकाशित: Jan 04, 2023| 15:38 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्