बुधबार, जेठ २७, २०८३

गत वर्ष छानिएमध्ये १ हजार उडे इजरायल

नेपाल र इजरायल सरकारबीच कामदार लैजाने सम्झौताअनुसार गत वर्ष १ हजार बढी केयर गिभरको माग आएको थियो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९
National life
Shivam cement

काठमाडौं– वैदेशिक रोजगार विभागले गत वर्ष इजरायल रोजगारी (केयर गिभर) मा जान छनोटमा परेका १ हजार १७५ मध्ये हालसम्म १ हजार १९ कामदार उडिसकेको बताएको छ। अब ५० जना इजरायल जान बाँकी रहेको र विभागले जनाएको छ।

गत वर्षको ५ माघमा ९९ नेपाली (केयर गिभर) इजरायल रोजगारीमा गएका थिए। इजरायलका स्याहार केन्द्रका काम गर्न छनोटमा परेका उनीहरू त्यहाँ गएको एक वर्ष पुग्न लागे पनि बाँकी कामदार जान पाएका छैनन्।

इजरायलबाट जसको भिसा आउने गरेको छ, सोही आधारमा कामदार पठाउने गरिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए।  ‘रोजगार दाताले अब कामदार पठाइदिनू भने मात्र हामीले पहल थाल्ने हो। ८६ रोकिएका थिए। अब ५० जना जति बाँकी छन्। एक महिनाभित्र सबै जना उड्छन्,’ आचार्यले भने। नेपाल र इजरायल सरकारबीच कामदार लैजाने सम्झौताअनुसार गत वर्ष १ हजार बढी केयर गिभरको माग आएको थियो।

प्रकाशित: Jan 04, 2023| 17:20 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्