सोमबार, वैशाख २८, २०८३

वीर अस्पतालमा फोनपेको क्यूआर सेवा

वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

काठमाडौं- वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ। अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टम सुरू भएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यता हटेको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको उनले बताए। अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको उनले बताए।

अस्पतालका अधिकृत बस्नेतले भविषयमा अस्पताललाई प्रविधि मैत्री बनाउँदै लैजाने प्रतिबद्ध जनाए। बस्नेतका अनुसार क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै अबदेखि टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झट हटेको छ।


प्रकाशित: Jan 04, 2023| 14:39 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्