बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरको इन्भर्टरमा २० वर्षको वारेन्टी

सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरको इन्भर्टरमा २० वर्षको वारेन्टी

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटरको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी प्रदान हुने भएको छ। उत्पादनको दिगोपनका लागि नयाँ कदम चालिएको सामसङले जनाएको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटरको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी प्रदान हुने भएको छ। उत्पादनको दिगोपनका लागि नयाँ कदम चालिएको सामसङले जनाएको छ।

National life

विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘डिजिटल इन्भर्टरबाट चल्ने वासिङ मेसिन र फ्रिजलाई अझ टिकाउ बनाएर उपभोक्तालाई ढुक्क महसुस प्रदान गर्नु कम्पनीको उद्देश्य हो।’ सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको दाबी गरेको छ। 

कम्पनीका अनुसार यसले  ई-वेष्ट  न्यूनीकरण गर्ने  र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।

आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुत बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दावी छ। 

'घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ, जुन आजको समयमा हाम्रो लागि ठूलो चुनौतीको रुपमा खडा भएको छ। तसर्थ, यो पहलले हाम्रा उपभोक्ताहरूको आत्मविश्वास जित्दै, हाम्रो सामानहरुमा दिगोपनको बाचासहितको ई-वेष्टलाई न्यूनीकरण गर्ने हाम्रो उद्देश्यलाई ठूलो टेवा पुग्ने छ।' सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोक कुमार गुप्ताले भने।

Shivam cement

प्रकाशित: Jan 04, 2023| 14:14 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्