सोमबार, वैशाख २८, २०८३

नबिल बैंक र मिडास एजुकेसनबीच सम्झौता

नबिल बैंक र मिडास एजुकेशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

काठमाडौं- नबिल बैंक र मिडास एजुकेशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सक्ने बैंकले बताएको छ। त्यस्तै, ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकको भनाइ छ। 

बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ। मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो।


प्रकाशित: Jan 04, 2023| 13:40 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्