बुधबार, जेठ २७, २०८३

सुनको मूल्य बढेर नयाँ कीर्तिमान

पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। 

National life

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो एकैदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको थियो। 

यस्तै, हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम थियो। आज मूल्य बढेसँगै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: Jan 04, 2023| 11:58 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्