अर्घाखाँची- भालुको आक्रमणमा परी शितगंगा नगरपालिका-२ झिर्रामा एक वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा ७९ वर्षीय रामबहादुर क्षेत्री रहेका छन्।
बुधबार बिहान घरबाट गाउँ जाने क्रममा ओखरी भन्ने ठाउँमा भालुले आक्रमण गर्दा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार क्षेत्रीको अनुहार र टाउकोमा चोट लागेको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।