आइतबार, साउन १८, २०८२

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

vianetvianet

काठमाडौं- जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौं जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए।

अदालतले पक्राउ परेकालार्ई चार वर्ष ११ महिना २८ दिन कैद र रु ३७ लाख ९० हजार सात सय ३१ जरिवाना असुल गर्न आदेश दिएको थियो।

मङ्गलबारै प्रहरीले विसं २०५० साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र रु पाँच हजार जरिवाना भएपछि फरार काठमाडौं मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको प्रवक्ता मैनालीले बताए।

प्रकाशित: Jan 04, 2023| 09:35 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।